०१ असार, काठमाडाैं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ ।
सोमवार बसेको नगर सभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसोधनसहित स्वीकृत गरेको हो । नगरसभाको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यपालिका सदस्यहरूबाट प्राप्त राय, सुझाव र सल्लाहलाई आधार बनाएर नीति तथा कार्यक्रम संशोधनसहित पारित गर्न प्रश्ताव पेश गरेकी थिइन् । उनले कार्यपालिका सदस्यहरुवाट प्राप्त सुझावले बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक निर्माणमा सहयोग पुग्ने बताइन् । काठमाडौं महानगरपालिकाले सुशासनयुक्त, छिटो, छरितो, जनमुखी तथा सहज सेवा प्रवाहलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सदस्यहरूबाट आएका नवीन तथा सिर्जनात्मक सुझाव कार्यान्वयन गर्ने जानकारी दिइन् । केही सुझाव महानगरपालिकाले बनाएका ऐन तथा कानुन संशोधनसँग सम्बन्धित रहेको भन्दै उनले आवश्यक प्रक्रिया अघि बढाइने प्रतिवद्धता पनि जनाएकी छन् । उनले भनिन्, ‘यहाँहरुले राख्नुभएको राय, सल्लाह, सुझावलाई आधारित बनाएर नीति तथा कार्यक्रम, बजेट बनाउँनेछौँ । हामीले बनाउने आर्थिक विधेयक र विनियोजन विधेयकमा पनि यहाँहरुले राख्नुभएको राय सुझावले योगदान पु¥याउने छ, काठमाडौं महानगरबासीले साँच्चिकै महानगरपालिकाले गरिरहेको कामको आवास गर्न सक्नुहुनेछ । हामीले नै बनाएका ऐन कानूनहरुमा संशोधन गर्नु आवश्यक भएका केही सुझावहरु पनि आएका छन् । त्यसका लागि आवश्यक कारवाही अगाडि बढाउनेछौँ । साथै काठमाडौं महानगरपालिकालाई हामीले सुशासनयुक्त र सँगसँगै हामीले प्रवाह गर्ने सेवाहरु छिटो, छरितो, जनतामुखी र सँगसँगै सरल र सहज पनि होस् भन्ने हामी सबैको उद्देश्य हो । यसका लागि यहाँहरुले दिनुभएको नविन र सँगसँगै श्रृजनात्मक सुझावहरु पक्कै पनि उपयोगी छन्, नीति कार्यक्रम बजेट र सँगसँगै हामीले बनाउने ऐन कानूनहरुमा पनि यसले उल्लेखनीय योगदान पुर्याउने छ । यसतर्फ हाम्रो ध्यानाकृष्ट भएको पनि छ र यसलाई क्रमशः रुपमा कार्यान्वयन गर्दै लग्नेछौँ ।’
महानगरको नीति तथा कार्यक्रम स्वीकृत भएसँगै आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट, आर्थिक विधेयक, २०८३ र विनियोजन विधेयक, २०८३ प्रश्तुत गर्न नगर सभाको अर्को बैठक असार ४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा बस्ने भएको छ । महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यवाहक प्रमुख डंगोलले नगरसभामा विहीवार प्रश्तुत गरेकी थिइन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar