०१ असार,काठमाडाैं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले निजी क्षेत्रलाई पनि विधि विज्ञान प्रयोगशाला खोल्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ का सम्बन्धमा विज्ञहरुसँग छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त कुरा जरुरी रहेको बताएका हुन् । मन्त्री पुनले आवश्यक मापदण्ड बनाएर निजी क्षेत्रलाई पनि उक्त प्रयोगशाला बनाउनका लागि अनुमति दिने गरी कानूनी व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पारे । उनले उक्त प्रयोगशालाका लागि तालिमप्राप्त विज्ञहरुको व्यवस्था गर्नका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने पनि बताए ।
जिल्ला अस्पतालहरुमा हाल चिकित्सकहरुको अभाव देखिएकाले विधि विज्ञान प्रयोगशालामा पनि विज्ञहरुको अभाव हुन नदिन लागि सरकारले तत्काल देशमा सम्भव नभए पनि भारतलगायतका मुलुकमा पठाएर पनि वर्षमा २, ४ जनालाई उक्त प्रयोगशालाको विज्ञसम्बन्धि तालिम दिन आवश्यक रहेको उनले बताए । मन्त्री पुनले नेपालका युनिभर्सिटीहरुमा पनि विधि विज्ञान प्रयोगशालाको विषयमा अध्ययन गर्ने व्यवस्था गर्न पनि सरकारले आवश्यक कदम चाल्ने बताए । उनले भने,‘अब भोली भविष्यमा गएर के हुन क्छ भने १०, २० वर्षपछि कुनै प्राईभेट एजेन्सीले पनि सरकारबाट स्विकृति लिएर विधि विज्ञान प्रयोगशाला खोल्छु भन्योभने उसलाई पनि खोल्न दिनुपर्ने होला । र त्यस्तो किसिमको भविष्यले कसैले खोल्न चाहन्छ भने उनीहरुलाई पनि बाटो खोलिदिउ । तर नियम अनुसार कुन कुन नीति नियम अनुसार पालना ग¥यो भने खोल्न पाउने भन्ने कुराहरु पनि भविष्यलाई हेरेर त्यो चाहीँ गर्नुपर्ने देखिन्छ । अब यो प्रयोगशाला बनाउने कुरा । मैले देखेको छु–स्वास्थ्य मन्त्रालयले ५ बेडको, १० बेडको अस्पताल बनाई दियो । तर डाक्टर आउदैन, बन्द गरेर राखिएको छ । धेरै ठाउँमा यस्ता अस्पतालहरु छन । त्यस्तै जस्तो अव हामीले यो प्रयोगशालाको ट्रेनिङको कुरा जुन छ । अव इन्डियाका युनिभर्सिटीहरुमा यो विषयमा पढाई नै हुने भन्ने कुरा देखियो । अव यहाँ हाम्रो पनि धेरै युनिभर्सिटीहरु छन । त्यहाँ थप्ने कि अथवा उहाँहरुको अनुसार वर्षमा २, ३ जनालाई यो सम्बन्धि ट्रेनिङ दिनुपर्ने भएकाले उनीहरुलाई स्करसिप नै दिएर अथवा जिटुजी भारत सरकारसँग गरेर नजिकको त्यही हो । अथवा कुन ठाउँमा हुन्छ ? सम्झौता गरेर छात्रवृत्तिको व्यवस्था गरेर केही नभए पनि २, ४ जना, २, ४ जना वर्षमा पठायो भने आर्थिक भार चाँही कम हुन्छ होला । भविष्यमा पछि युनिभर्सिटीहरुमा पनि पठनपाठनको व्यवस्था नेपालमा पनि गर्न सकिन्छ ।’
मन्त्री पुनले विज्ञहरुको सुझावलाई केन्द्रमा राखेरसरकारले कानून निर्माणको कामलाई अघि बढाउने पनि बताए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar