०१ असार, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरू नेपाली भूमिमा प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न सरकारसंग माग गरेको छ ।
सोमवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपाका सांसद भरत गिरीले सरकारसँग उक्त माग गरेका हुन् । सांसद गिरीले जुन १३ मा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ थारु टोल क्षेत्रमा हतियारसहितका भारतीय एसएसबी जवानहरू बिना अनुमति नेपाली भूमिमा प्रवेश गरेको उल्लेख गर्दै स्थानीय किसानले प्रतिरोध गर्दै उनीहरूलाई फर्काएको बताए ।
राज्यको कमजोर उपस्थितिका कारण सीमावर्ती क्षेत्रमा बसोवास गर्ने नागरिकहरूले बिना बर्दीका सिपाही बनेर देशको रक्षा गरिरहेको उनको भनाई छ । उनले पूर्वको पशुपतिनगर देखि पश्चिमको महाकालीसम्म फैलिएको नेपाल-भारत खुला सीमामा बस्ने लाखौं नागरिकको सुरक्षाप्रति सरकारको धारणा के हो ? भन्ने प्रश्न उठाए । सुस्ता घटनालाई मात्र नभई कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका सीमा विवादसँग जोडिएको राष्ट्रिय संवेदनशील विषयका सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।
सांसद गिरीले सीमामा यस्ता घटना दोहोरिन नदिन संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्न, सीमा सम्बन्धी विषयलाई राष्ट्रिय प्राथमिकतामा राख्न तथा आगामी नेपाल-भारत परराष्ट्रस्तरीय बैठकहरूमा यस विषयलाई स्पष्ट रूपमा उठाउन सरकारसँग माग गरे । उनले भने,‘आज म यस गरिमामय सदनमा एउटा जनप्रतिनिधि मात्र होइन, देशको भूगोल र राष्ट्रिय स्वाभिमान माथि बारम्बार प्रहार हुँदा भतभती पोलेको एउटा जलिरहेको नेपाली मुटु लिएर उभिएको छु । जुन १३ दिन पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ थारु टोलमा हतियारधारी सहित भारतीय सशस्त्र सीमा बल एसएसबीका जवानहरु हाम्रो सार्वभौम माटोमा बिना अनुमति जबर्जस्ती छिर्दा त्यहाँ राज्यको उपस्थिति थिएन, त्यहाँ हाम्रा सुरक्षाकर्मी थिएनन्, त्यहाँ केवल हाम्रा सोझा हलो जोत्ने किसानहरु थिए, जसले आफ्नो अदम्य साहसले ती हतियारधारी सैनिकलाई लखेटे र प्रमाणित गरिदिए कि माटो जोगाउन कपडाको बर्दी होइन छातीमा देश प्रेम चाहिन्छ । सरकारको उपस्थिति होस् वा नहोस्, देश जोगाउन देखिनुभएको अदम्य साहस नै सम्पूर्ण नेपालीको लागि प्रेरणा बनेको छ । मेरो मूल प्रश्न सुस्ता यो एउटा घटना मात्र सीमित छैन । सुस्ता जस्तै पूर्व पशुपतिनगर देखि पश्चिमको महाकाली सम्म फैलिएको करिब झण्डै १५०० किलोमिटर भन्दा लामो नेपाल-भारत खुल्ला सीमा क्षेत्रमा बस्ने लाखौ नेपालीहरुको नियति आज यही हो । म सरकारलाई गम्भीरतापूर्वक सोध्न चाहन्छु, सिमानामा बिना बर्दीका सिपाही बनेर अहोरात्र देशको रक्षा गरिरहेका ती लाखौ नेपाली नागरिक प्रति यो राज्यको दृष्टिकोण के छ ? ती सुरक्षा र देशलाई सुरक्षा गर्ने प्रति नेपाली प्रति देशको स्पष्ट धारणा आउनु प¥यो । सम्माननीय प्रधानमन्त्रीज्युबाट जुन अभिव्यक्ति आयो त्यो अभिव्यक्तिले सीमामा लडिरहेका वीर किसानहरुको अपमान भएको छ, अन्य ठाउँमा पनि यस्ता घटना घट्न सक्ने हुनाले सरकारले त्यसको संयमता के गरेको छ ?’
सुस्ताका स्थानीय किसानले राष्ट्रिय स्वाभिमान र भूगोलको रक्षा गर्न देखाएको साहस प्रशंसनीय रहेको उल्लेख गर्दै उनले सरकारलाई उनीहरूको योगदानको सम्मान हुने गरी कदम चाल्न आग्रह गरे । साथै, सीमा सुरक्षाका विषयमा नेपाल सरकार र प्रधानमन्त्रीको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने उनको माग छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar