|  

खाना नपाएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएकाहरू आन्दोलित

१ असार, काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारले खाना नपाएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

सोमबार बिहानदेखि खाना खान नपाएपछि आक्रोशित उनीहरूले थाल ठटाउँदै सेन्टरको गेटमा प्रदर्शन गरेका हुन्।

विस्थापितहरूले बालबालिका स्कुल जान नपाएको र आफूहरू भोकै बस्नुपरेको गुनासो गरेका छन्।

एक विस्थापित महिलाले नगरपालिकाबाट ‘आजदेखि भात नदिने’ भनिएको भन्दै आफूहरू अन्योलमा परेको बताइन्।