|  

टेम्पो भीरबाट खसालेको आरोपमा वन कार्यालयका १२ कर्मचारी पक्राउ

१ असार, काठमाडौं । कैलालीमा सडक किनारमा व्यापार गरेको आरोपमा टेम्पोलाई भीरबाट खसालेको घटनापछि वन कार्यालयका १२ जना कर्मचारी पक्राउ परेका छन् ।

घटना सम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

शुक्रबार दिउँसो गोदावरीमा वन क्षेत्र अतिक्रमण गरी व्यापार गरेको भन्दै वन कर्मचारीले स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भीरबाट खसालिदिएका थिए ।