|  

नेपालले आजदेखि बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्दै

१ असार, काठमाडौं । नेपालले आजदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ ।

जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिना बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न २०८१ कात्तिक ३० मा अनुमति पाएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशुली जलविद्युत् आयोजनाबाट १८।६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट २१.४० मेगावाट गरी कुल ४० मेगावाट विद्युत् बंगलादेश पठाइनेछ।

नेपालले हरेक वर्ष वर्षायाम र उच्च उत्पादन अवधिमा बंगलादेशमा विद्युत् निर्यात गर्दै आएको छ। यस वर्ष पनि पाँच महिनासम्म ४० मेगावाट विद्युत् निर्यात जारी रहनेछ।