|  

अमेरिका र इरानबिच आज शान्ति सम्झौता हुने ट्रम्पको दाबी

३१ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच जारी युद्ध अन्त्यका लागि आइतबार ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन् ।

यद्यपि, इरानले भने सम्झौताको समयलाई लिएर सावधानी र सन्देह व्यक्त गरेको छ ।राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सम्झौता लगत्तै विश्वको प्रमुख व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ सबैका लागि खुला हुने जानकारी दिएका छन् ।

उनले इरानको संवर्द्धित युरेनियम (न्युक्लियर डस्ट)लाई उपयुक्त समयमा नियन्त्रणमा लिएर नष्ट गरिने समेत बताएका छन् । ट्रम्पको दाबी विपरीत इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले हस्ताक्षरको मितिलाई लिएर सावधानी व्यक्त गरेका छन् ।

उनले सम्झौता आइतबार नै नहुने संकेत गर्दै निश्चित मितिका लागि प्रतीक्षा गर्नुपर्ने बताएका छन् ।अर्कोतर्फ, मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले २४ घण्टाभित्र सम्झौता टुङ्गिने अपेक्षा गरिएको बताएका छन्।