२२ जेठ, काठमाडाैं । अनर नेपालले नेपालमा अनर ६०० र अनर ६०० प्रो सार्वजनिक गरेको छ। उन्नत एआई फिचरहरू, प्रिमियम डिजाइन र फ्ल्यागशिप स्तरको प्रदर्शनसहित यी मोबाइल तयार गरिएको कम्पनीले जनाएको छ।
आकर्षक डिजाइन र स्मार्ट इनोभेसनको संयोजनसहित अनर ६०० सिरिज सिर्जनशील प्रयोगकर्ताका लागि निर्माण गरिएको कम्पनीको भनाइ छ। यो सिरिजले उत्कृष्ट इन-ह्यान्ड फिलसँगै आधुनिक जीवनशैलीका लागि शक्तिशाली प्रदर्शन प्रदान गर्ने कम्पनीको दाबी छ। अनर ६०० मा स्न्यापड्रागन ७ जेन ४ (४ एनएम) प्रोसेसर प्रयोग गरिएको छ। यसमा नयाँ एआई इमेज टु भिडिओ २.० फिचरले प्रयोगकर्तालाई आफ्ना तस्बिरहरूलाई ५ सेकेन्डको एआई जेनेरेटेड भिडियो स्टोरीमा परिवर्तन गर्ने सुविधा दिन्छ, जसले कन्टेन्ट क्रिएसनलाई अझ सिर्जनात्मक र अन्तर्क्रियात्मक बनाउँछ।
अनर ६०० मा मुभिङ फोटो इरेजर टुल र अल्ट्रा क्लियर नाइट मोडजस्ता विशेष फिचरहरू पनि समावेश छन्, जसले कम उज्यालोमा पनि स्पष्ट र विस्तृत फोटो खिच्न सहयोग गर्दछ। विशाल ७००० एमएएच ब्याट्री, ८० डब्लु वायर्ड फास्ट चार्जिङ र २७ डब्लु रिभर्स वायर्ड चार्जिङ सपोर्टसहित अनर ६०० दिनभर प्रयोग गर्न सक्षम बनाइएको छ। अनर ६०० आठ जीबी र २५६ जीबीको ८४ हजार ९९९ र १२ जीबी र २५६ जीबीको ८९ हजार ९९९ रुपैयाँ मूल्य रहेको छ। यी फोन खरिद गर्नेले १५ हजार ९९९ रुपैयाँको अनर च्वाइस वाच २ प्रो नि:शुल्क र ईएफआईएक्स प्रोटेक्सन सर्भिस अफर पाउँछन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar