|  

प्रख्यात भारतीय फिल्म निर्माता पहलाज निहलानीको निधन

२१ जेठ, काठमाडौं ।  भारतीय चलचित्र उद्योगका चर्चित निर्माता तथा पूर्व सेन्सर बोर्ड अध्यक्ष पहलाज निहलानीको बिहीबार बिहान मुम्बईमा निधन भएको छ ।

केही महिनादेखि अस्वस्थ रहेका निहलानीको निधन भएको परिवारले पुष्टि गरेको छ।पूर्व केन्द्रीय चलचित्र प्रमाणन बोर्ड अध्यक्षसमेत रहेका निहलानीले ‘आग ही आग’, ‘इलजाम’, ‘शोला और शबनम’ र ‘आंखे’ जस्ता चर्चित चलचित्र निर्माण गरेका थिए ।

उनले गोविन्द, चंकी पाण्डे र नीलम कोठारी लगायत कलाकारहरूको करिअर उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए।उनको अन्त्येष्टि बिहीबार दिउँसो ३ बजे मुम्बईको सान्ताक्रुज हिन्दु श्मशान गृहमा गरिने पारिवारिक स्रोतले जनाएको छ।