|  

एआईले सन् २०३० सम्म १.३ अर्ब मानिसको बराबर पानी खपत गर्ने

२१ जेठ, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सञ्चालनका लागि आवश्यक डेटा सेन्टरहरूको पानी खपत सन् २०३० सम्ममा १.३ अर्ब मानिसको वार्षिक आधारभूत पानी आवश्यकताबराबर पुग्न सक्ने संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ।

प्रतिवेदनअनुसार एआईका कारण डेटा सेन्टरहरूको विद्युत् खपत ९४५ टेरावाट घण्टासम्म पुग्ने अनुमान छ, जुन पाकिस्तान, बङ्गलादेश र नाइजेरियाको संयुक्त वार्षिक विद्युत् खपतको करिब तीन गुणा हो। यस आधारमा डेटा सेन्टरहरू विश्वकै छैटौँ ठूलो विद्युत् उपभोक्ता बन्न सक्ने देखिएको छ।

प्रतिवेदनले एआई पूर्वाधारको वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा कार्बन उत्सर्जनसँगै पानी र जमिनमा पर्ने असरलाई पनि समेट्नुपर्ने आवश्यकता औँल्याएको छ। डेटा सेन्टरहरूको जमिन उपयोग ५,५९० वर्ग माइलभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ।