|  

भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटनाः २ को मृ#त्यु, ९ जना घाइते

२१ जेठ, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ मञ्जुश्री गुम्बानजिकै मजदुर बोकेको ट्र्याक्टर दुर्घटना भएको छ ।

ढलान सकेर भक्तपुरतर्फ मजदुर बोकेर फर्किँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हो । दुर्घटना भएको ट्र्याक्टर पल्टिएर च्यापिँदा मजदुरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

कलमसिस्थित एक होटलमा ढलान सकेर १२ जना ‍मजदुर बोकेर फर्कँदै गरेको ट्र्याक्टर ब्रेक फेल भई दुर्घटनामा परेको हो ।घाइते मजदुरहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।