|  

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण

१८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

छात्रवृत्ति परीक्षा समितिले न्यूनतम ४० अंक प्राप्त गर्ने विद्यार्थीहरूको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो।

नतिजा अनलाइन पोर्टलमा रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ।

शैक्षिक सत्र २०८३ / ८४ का लागि आयोजित यस परीक्षामा २६ हजार ६०३ आवेदन स्वीकृत भएकामध्ये २२ हजार २० विद्यार्थी सहभागी भएका थिए।