|  

कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाका लागि २६ हजार ६८० विद्यार्थी छनोट, १७ जेठमा परीक्षा

१५ जेठ, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का छात्रवृत्ति छनोट परीक्षाका लागि २६ हजार ६८० विद्यार्थीलाई योग्य ठहर गरेको छ ।

आवेदन दिएका २६ हजार ८८८ मध्ये २०८ जनाको फारम अस्वीकृत भएको महानगरले जनाएको छ।संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागि परीक्षा १७ जेठमा सञ्चालन हुनेछ । महानगरले २०८० देखि कक्षा ११ र १२ सञ्चालन हुने विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा प्रणाली लागू गरेको हो।

परीक्षार्थीहरूले महानगरपालिकाको आधिकारिक पोर्टल ‘इन्ट्रान्स डट काठमाडौं डट जिओभी डट एनपी’मा लग इन गरेर प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन् । साइटमा लग इन गर्न एसइईको सिम्बोल नम्बरलाई युजरनेम लेखिएको ठाउँमा प्रविष्ट गराउनुपर्छ ।

यसपछि जन्म मिति र इमेल वा म्यासेजमार्फत प्राप्त भएको पासवर्ड राखेपछि पेज खुल्छ । प्रवेशपत्र अनिवार्य रूपमा रंगिन प्रिन्ट गर्नुपर्छ । ब्ल्याक एन्ड हाइट प्रिन्ट गरिएको वा स्पष्ट फोटो र विवरण नभएको प्रवेशपत्रलाई मान्यता दिइनेछैन ।