|  

कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी

१३ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल यसपटक परीक्षा सकिएको ४५ दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।

हालसम्म नतिजा तयारीको ५० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको बोर्डले जनाएको छ। देशभरका ४२ केन्द्रमा उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र प्राप्ताङ्क इन्ट्रीको काम एकसाथ भइरहेको छ।

यसअघि नतिजा आउन करिब तीन महिना लाग्ने गरे पनि यसपटक परीक्षा सकिएकै दिनदेखि प्रक्रिया सुरु गरिएको थियो।