|  

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो : उच्च सतर्कता अपनाउन आग्रह

१२ जेठ, काठमाडौं ।  काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ बर्ड फ्लु पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। सं

क्रमित क्षेत्रमा हाँस, कुखुरा, बट्टाई, लौकाटलगायत पन्छी, अण्डा र दाना नष्ट गरी संक्रमण नियन्त्रणको काम भइरहेको छ।

फार्महरूमा अनावश्यक प्रवेश रोक लगाइएको छ र आवश्यक परे निसंक्रमण गरेर मात्र प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ।