|  

मृगौलाको पत्थरीको अप्रेशन गर्दा नोबेलमा बिरामीको मृ#त्यु, लापरबाही भन्दै प्रदर्शन

१९ वैशाख, काठमाडौं । नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको छ ।

विरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् ।

भण्डारीलाई मृगौलामा पत्थरी भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो ।
उनको सोही दिन दुरबिन प्रविधिबाट अप्रेसन गरिएको थियो । अपरेशन सफल भएपछि अब्जरभेसनमा राखिएको अवस्थामा उनको स्वास्थ्य बिग्रीएको थियो ।

उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले शनिबार प्रदर्शन गरेका हुन् ।