|  

सुहाना, प्रकाश सपुत र सौगात मल्ल अभिनित ‘परालको आगो’ रिलिज

११ वैशाख, काठमाडौं । आज शुक्रबारदेखि फिल्म ‘परालको आगो’ देशभर प्रदर्शनमा आएको छ ।

प्रदर्शनको पहिलो दिनदेखि नै हलहरूमा दर्शकको उल्लेख्य भीड देखिएको छ भने फिल्मले १५० भन्दा बढी शो पाएको छ । दर्शकको उत्साहका कारण हलवालाले उच्च शो दिएका हुन् । निर्माता सुशील पोखरेलका अनुसार अधिकांश हल हाउफुल छन् र निर्माण टिम दर्शक भेट्न हल–हलमा पुगेको छ।१३५ मिनेट लामो यो फिल्म गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’ मा आधारित छ, जसले दर्शकको चासो अझ बढाएको छ ।

फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारीलगायत कलाकारको अभिनय रहेको छ। हरि ॐ सिने मेकर्सको ब्यानरमा बनेको फिल्ममा सुशील देवकोटाको पटकथा तथा संवाद, समिर मिया र सत्यम रानाको भिएफएक्स, तथा किरण तुलाधर र शान्ति ठटाललगायतको संगीत रहेको छ। नेपालभर फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।