|  

अभिनेत्री सुवेक्षा खड्काले गरिन् विवाह

८ वैशाख, काठमाडौं । अभिनेत्री तथा ‘मिस नेपाल इन्टरनेशनल २०१२’ विजेता सुवेक्षा खड्का विवाह बन्धनमा बाँधिएकी छन् ।

उनले प्रेमी आश्वासन जोशी सोमबार कीर्तिपुरको एक पार्टी भेन्युका परम्परागत विवाह गरेकी हुन् ।विवाहमा दुवै तर्फका परिवारका सदस्य, साथीभाइ, नजिकका आफन्तहरूको सहभागिता रहेको थियो ।

विवाह अगाडि शनिबार उनको मेहन्दी तथा सङ्गीत समारोह आयोजना भएको थियो । खड्काले ‘रणवीर’, ‘प्रेमा’ लगायत केही फिल्म समेत अभिनय गरेकी छन् ।