|  

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर, ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटाको सुविधा

३० चैत्र, कामठाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई नयाँ वर्ष अफर उपलब्ध गराउने भएको छ ।

अफरअन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुने टेलिकमले जनाएको छ । जसमा न्यु इयर लाइटअन्तर्गत ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

त्यसैगरी न्यु इयर प्रिमियमअन्तर्गत ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । चैत ३० देखि आगामी वैशाख २ गतेसम्म अफरअन्तर्गत प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।