काठमाडाैं । विपिन देव- इरान(इजरायल(अमेरिकाको युद्धको दस्तुर सारा मानव जातीले व्यहोर्नुपर्ने अवस्था रहेको छ । युद्धको पराकम्पन र प्रकोपले गर्दा पर्यावरणमा पर्ने प्रभावको वारेमा व्यापक शोध र विर्मश भइरहेको छ । विश्व व्यवस्था पूर्ण रूपले ध्वस्त भइसकेको छ । ट्रम्पको दोस्रो कार्यकालमा विश्व व्यवस्थाको मानमर्दनमा कुनै कमी भएको छैन । विश्व व्यवस्था कायम राख्न विगत आठ दशकदेखि अमेरिकीहरूले आप्mनो रगत बगाएको इतिहास छ ।
कोरियादेखि अफगानीस्तानसम्म मानवीय स्वतन्त्रता, प्रजातन्त्र, खुला समाज, मानवअधिकार, विधिको शासन जस्ता मानयतालाई विश्व व्यवस्थाले हेरचार गरिरहेको अवस्था थियो । विश्व व्यवस्था (ग्लोवल अडर) अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय संस्थावाट परिचालित र सञ्चालित हुने गथ्र्यो । ट्रम्पको दोस्रो कार्यकालमा अन्तर्राष्ट्रिय कानुन लगायत संयुक्त राष्ट्र संघका सम्पूर्ण निकायहरू तेजविहीन भइसकेको छ । हुनतः अन्तर्राष्ट्रिय कानुनको मानमर्दन रसिया र चीनले समेत गर्दै आएको छ ।
रसियाद्वारा युक्रेनमा भएको आक्रमण र चीनद्वारा दक्षिण चीन सागरमा भएको गतिविधिले अन्तर्राष्ट्रिय कानुनको खुला रूपमा उपहास गरेको छ । बेलायत र फ्रान्सले अमेरिकी नेतृत्वमा सिरिया र लिवियामा सत्ता परिर्वतनमा गरेको खेललाई वर्तमान विश्व व्यवस्थाको उपहासको रूपमा व्याखया गर्न सकिन्छ । विश्व व्यवस्थाले एक अर्काको संप्रभूतालाई सम्मान गर्ने, जल्दो बल्दो मुद्दलाई वार्तावाट सहजीकरण गर्ने, मानवीय मूल्य र मान्यता अनुसार समस्यालाई निकास दिने, भाइचारा र भातृत्वलाई वलियो बनाउने मान्यता विश्व व्यवस्थाको रहेको थियो ।
अन्तर्राष्ट्रिय कानुनलाई अवलोकन गर्न संयुक्त राष्ट्र संघको भुमिका पनि रोचक रहेको थियो । संयुक्त राष्ट्र संघसंग आवद्ध रहेका सुरक्षा परिषद प्रभाबहिन रहेको अवस्था छ । संयुक्त राष्ट्र संघमा मानवीय संवेदना र सहानुभूतिको वारेमा विर्मश कर्मकाण्ड जस्तो भएको छ । विशवको दोस्रो महाशक्ति चीनले भुमण्डलीकरण, खुलाअर्थतन्त्र र वर्तमान विश्व व्यवस्थाको पूर्ण रूपमा दोहन गर्दै समृद्धि र सार्मथ्यको वाटो लागेका थिए ।
जवजब विश्व व्यवस्था आप्mनो हितको प्रतिकुलतामा जान्छ, चीनले विधिको शासनलाई चुनौती दिदै आएको छ । फिलिपिन्ससंग भएको विवाद यसको एक प्रतिनिधि उदाहरण हो ।
व्र्तमान परिवेशमा पश्चिम एसियामा भइरहेको तनाव शिथिलिकरणको लागि ट्रर्की, साउदी अरेवीया, इजीप्ट र पाकिस्तानले खेलेको भुमिका समेत हास्यव्यङ्ग जस्तै भएको छ ।
अर्थात् पाकिस्तानको अगुवाईमा भएको उक्त वार्ता प्रति इरानको कुनै जिम्मेवारी र दायिन्व नभएको इरानी परराष्ट्रमन्त्रीको अभिव्यक्रि रहेको छ भने इजरायले पाकिस्तानलाई आतंकवादको कारखानाको रूपमा विम्वित गरेका छन् । यी युद्धमा सबभन्दा पिडित मुलुकहरूको रूपमा साउदी अरवेयी, यू.एई, कतार, वहराईन, कुवेत रहेको छ । यी मुलुकहरूले आप्mनो समृद्धि र शान्तिको वाधकको रूपमा इरानको धार्मिक शासनलाई लिएको पाइन्छ ।
यी समृद्ध र सम्पन मुलुकहरूमा इरानको शासक प्रति कुनै सदभाव र सहानुभुति देखिदैन । अर्कातर्पm सन् १९७९ को इश्लामिक क्रान्ती पश्चात सिया धर्मगुरुको दिशा निर्देशन नै मध्य एसियाको शासन सत्ता चल्ने उद्घोष इरानको रहेको थियो । तदनुरुप इरानले मध्य एसियामा आप्mनो सार्मथ्य र वाहल्यतालाई बलियो बनाउन एक साथ तीन लडाका समुहहरूलाई मलजल गर्न आरम्भ गरेको थियो । लेवनानको भुमिवाट हिजुबुल्ला, यमनको भुमीबाट हुती र गाजाबाट हमासलाई सञ्चालन गरेर आउने दिनमा सम्पूर्ण मध्य एसियालाई आप्mनो मातहतमा राखेर धर्म अनुसार शासन पद्धति चलाउने सन् १९७९ को इश्लामिक क्रान्तीको उद्घोष रहेको थियो ।
साथ साथै प्रधान शत्रुको रूपमा अमेरिका र इजरायललाई लिएको थियो । एक महिनाको युद्धको कालरात्रीले गर्दा पश्चिम एसियामा २०० विलियन अमेरिकी डलरको भौतिक क्षति भएको छ । इरानमा मात्र ८० हजार भवनहरू ध्वस्त भएको छ । २७००० घाइते छन्, ४० लाख विस्थापित भएका छन् र ३ हजार भन्दा अधिक मृत्युवरण गरेका छन् । ३१ वटा मोर्चाबाट युद्ध सञ्चालन गरिरहेका इरानमा वार्ताको लागि मुर्धन्य नेतृत्वको समेत अभाव देखिएको छ । उच्च तहका ५४ नेतृत्व पंक्तिलाई इजरायलको खुपिया मुसादले निशान बनाइसकेका छन् । ३१ वटा मोर्चाबाट युद्ध सञ्चालन गरिरहेका इरानमा वार्ताको लागि मुर्धन्य नेतृत्वको समेत अभाव देखिएको छ ।
३१ वटाम समुहहरू नियन्त्रित नभएको खण्डमा इरानको अवस्था सिरिया जस्तो हुन सक्ने समेत जानकारहरूको बुझाई रहेको छ । पश्चिम एसियाली युद्धको वाछिटा हिन्दप्रसान्त क्षेत्रमा पर्न सक्ने समेत जानकारहरूको बुझाई रहेको छ । अमेरिकाले सारा सार्माथ्य पश्चिम एसियामा लगाएको वेला चीनले ताइवानमा आक्रमण गरेको खण्डमा विश्वमा पूर्ण रूपले तनाव बढ्न सक्ने विष्लेशकहरूको बुझाई रहेको छ । जानकारहरूका अनुसार चीन सामरिक रूपले प्रष्ट रहेको देखिन्छ । रसिया जस्तो सार्मथ्य वाण मुलुकले ४ वर्षदेखि युक्रेनसंग लड्दा रसियाको लागि फलिभुत भएको छैन ।
अमेरिका जस्तो सम्पन्न र इजरायल जस्तो सक्षम सैन्य शक्तिले १ महिनासम्म आर्थिक दिवालीयापनले टाट पल्टेका मुलुक इरानसंग युद्ध गरिरहेको अवस्था छ । ताइवानको अवस्था पृथक रहेको छ । ताइवानलाई प्रजातन्त्रको प्रयोगशालाको रूपमा चित्रित गरिएको छ । औषत चीनिया भन्दा ताइवानीको प्रति व्यक्ति आय पॉच गुणा अधिक रहेको छ भने ताइवान विश्वको चिप्सको कारखानाको रूपमा रहेको छ । अमेरिकी काङ्ग्रेसद्वारा ताइवान रिलेशन एक्ट अनुमोदित गरिएको छ जसको उद्देश्य नै ताइवानको सुरक्षा प्रत्याभूत गराउनु हो । जापानका नवनिर्वाचित प्रधानमन्त्रीले ताइवानको संप्रभूता बचाउनु जापानको दायित्व रहेको कुरा उद्घोष गरेकी छिन् ।
इतिहासको एक कालखण्डमा ताइवान जापानी साम्राज्यको हिस्सा रहेको थियो । द्वितिय विश्व युद्ध पश्चात मात्रै ताइवान जापानवाट अलग देखिएको छ । ताइवानको सामुद्रिक मार्गका लागि विश्वको व्यापारिक जीवन रेखाको (लाइफ लाइन) रूपमा व्याख्या गरिन्छ । प्रविधि र व्यापारका कारणले ताइवान पश्चिम संसारसंग नजिक रहेको छ । पश्चिम एसियाको हर्मुजको नाका जस्तै ताइवानको नाकाबाट विश्व व्यापार जोडिएको छ ।
भारतको युरोप र अमेरिकासंग यही नाकावाट केबुल जोडिएको छ । यस अर्थ चीनिया कम्युनिष्ट पार्टी ताइवानलाई आर्कमण गरेको खण्डमा अमेरिकासंग भइरहेको ७०० विलियन डलरको व्यापार प्रभावित हुनुको साथ साथै विश्व बजारबाट अग्लिने आशंका रहेको छ । वास्तवमा मध्य एसियालको तनाव हिन्द प्रसान्त क्षेत्रमा विस्थापित भएको खण्डमा विशवमा अभैm तनाव बद्न सक्ने सम्भावना देखिएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar