विपिन देव- मध्य एसिया युद्धको सङघारमा देखिएको छ । अमेरिकी युद्धपोत जेरालड र अवहरामको मध्य एसियामा तैनाथीले गर्दा भू-राजनीतिक जटिलता र तरलता बढिरहेछ । मध्य एसिया दुई भागमा विभक्त देखिएको छ । मुस्लिम विश्वासका आधारमा सीया र सुनी तथा भू-राजनीतिक ध्रुवीकरणको आधारमा अमेरिकी नेतृत्व र अमेरिकी इतर पक्ष रसिया र चीन नै देखिन्छन् ।
यी जटिलताका विच यही फेब्रुअरी २५ का दिन भारतका प्रधानमन्त्री मोदीको दुई दिने इजरायल यात्रा सुरु भएको छ । प्रधानमन्त्रीको रूपमा इजरायल यात्रा गर्ने मोदी पहिलो प्रधानमन्त्री हुन् । सन् २०१७ मा इजरायलको यात्रा गरेर भारत इजरायल सम्बन्धलाई नयॉ उचाई दिने काम मोदीले गरेका हुन् । इजरायल र भारत बिचको सम्बन्ध वडो रोचक देखिन्छ । भारतका प्रथम प्रधानमन्त्री इजरायलको पक्षमा उभिएका थिएनन् ।
सन् १९५० मा मुस्लिम राष्ट्रहरूमध्ये इरान र ट्रर्कीले इजरायललाई मान्यता दिए पछि मात्र भारतले सन् १९५३ मा इजरायलको कन्सुलेट अफिस खोल्न भारतमा अनुमति दिएको थियो । इजरायली मनोग्रन्थीमा हिन्दुहरूप्रति गहिरो सद्भाव रहेको पाइन्छ । सारा संसारबाट प्रताडित र अपमानीत भएका यहुदीहरूले हिन्दुहरूले सहारा दिएको पाइन्छ । इजरायली मनोग्रन्थीको प्रभाव कूटनीतिमा समेत परेको देखिन्छ । सन् १९६२ मा चीन र भारत विच युद्ध हु‘दा भारतले इजरायलसंग हतियारको सहयोग मागेका थिए । मुस्लिम तुष्टीकरणको कारणले नेहरुले इजरायलका प्रधानमन्त्री बङ्गुरीनसंग एक सर्तसमेत राखेका थिए । सर्तअनुसार हतियारवाहक जहाजले इजरायलको राष्ट्रिय ध्वजा (झण्डा) बोक्नु हु‘दैन । इजरायलका तत्कालीन प्रधानमन्त्री बङ्गुरीनलाई यो प्रस्ताव स्वीकार भएन । त्यसैले इजरायलबाट भारतलाई हतियार प्राप्त भएन ।
७० को दशकमा इतिहासको चक्र फेरियो । इन्दिरा गान्धीको प्रधानमन्त्रीत्व कालमा बङ्गलादेशको मुद्दामा भारत र पाकिस्तान बिच युद्ध पैmलियो । भारतलाई १६० हेवी मोटर जस्ता युद्ध साम्रगीको अति आवश्यकता रहेको थियो । अमेरिकासमेत पाकिस्तानको पक्षमा रहेको कारणले गर्दा सो युद्ध सामग्री इजरायलवाहेक अरु देशसंग थिएन । इन्दिरा राजनीतिमा यर्थाथवादी र कूटनीतिमा चतुर खेलाडी थिइन् । इजरायली प्रधानमन्त्री गोल्डमायरलाई सो युद्ध साम्रगीको सहयोग गराइन् । अमेरिकी दवावका बाबजुत इजरायलले भारतलाई युद्ध साम्रगी उपलब्ध गरायो । फलस्वरूप भारत युद्धमा विजय भयो ।
९० को दशकमा कारगील युद्धताका अमेरिकाले “जि.पि.एस” प्रणाली भारतलाई उपलब्ध गराउन हिचकिचाउ‘दा इजरायले अति कठिन अवस्थामा आतंकवादीको ठेगाना पत्ता लगाउन भारतलाई प्रविधि उपलब्ध गराए । युद्ध जित्ने लगतै भारतका तत्कालीन परराष्ट्र मन्त्री जसवन्त सिंह इजरायल यात्रा गर्दै कृतज्ञता ज्ञापन गरेका थिए । इतिहासको आरोह र अवरोहमा भारत पालिस्ट्यानको नीतिमा अडिग नै रहेको छ । प्यालिस्टानको नेता आसर अरफातसंग इन्दिरा गान्धीको गहिरो सम्बन्ध रहेको थियो । इन्दिरा गान्धीलाई ठुली दिदीको रूपमा सम्वोधन गर्ने अराफतले भारतलाई आप्mनो दोस्रो घरको रूपमा ग्रहण गर्थे ।
सन् १९८०, सन् १९८२ र सन् १९८३ मा अराफत प्रत्येक वर्ष भारत आएका थिए । प्यालिस्टानलाई स्टेटहुडको रूपमा ८० को दशकमा नै भारतले घोषणा गरिसकेको थियो । भारतीय राजनीतिका च्याणक्य नरसिंहा रावले आसर अराफातको भारतप्रतिको भावनात्मक सम्बन्धलाई कूटनीतिक रूपमा पू‘जीकृत गरे । यो रावको कूटनीतिमा महारथको प्रर्दशन थियो । अराफातको उपस्थित र मञ्जुरीमा नै इजरायलमा भारतीय दुतावास खोल्न सन् १९९२ मा रावले निर्णय लियो । मुस्लिम तुष्टीकरणको सिद्धान्तलाई मध्यनजर राख्दै रावले इजरायलसंगको दौत्य सम्बन्धमा अधिक जोड दिएका थिए ।
वर्तमान परिवेशमा हिन्दुत्व भावभूमिबाट राजनीति अगाडि बढिरहेको बेला मोदी खुला दिलले इजरायलसंग धनिभूत रूपले सम्बन्ध अगाडि बढाइरहेको छ ।
सन् २०२३, ७ अक्टुबर मा निर्दोष इजरायलीमाथि भएको बर्वरता र आतङ्कवादी हमलालाई भत्र्सना गर्ने पहिलो नेताको रूपमा मोदी नै थिए भने भारतको पहलगाम आतङकवादी हमलामाथि कठोर कारबाही गर्न विगुल फुक्ने इजरायलका प्रधानमन्त्री नेतान्याहु नै थिए । सन् २०२६ को २५ फेबु्रअरीको मोदीको इजरायल यात्रालाई विश्व सञ्चार जगत्ले अधिक चर्चा गर्नुमा विभिन्न आयामहरू रहेका छन् । वर्तमान परिवेशमा मोदीलाई तनाव शिथिलीकरण गर्न अब्वल मानिएका छन् । मोदीको चासो इरानमा समेत रहेको छ । इरानमा भारतको लगानीमा चावाहार बन्दरगाह निर्माणधिन अवस्थामा रहेको छ । उक्त बन्दरगाहको माध्यमबाट भारत सेन्ट्रल एसिया र अफगानिस्तानको बजारमा प्रवेश गर्न सहजता हनेछ । साथसाथै यस्तो सङ्कटपूर्ण अवस्थामा मोदीको इजरायल यात्रा सामरिक नीतिबाट पनि प्रचालित रहेको छ ।
संसारमा इजरायलसंग मात्र “रेजिमेन्ट ८२ हजार” नामक सेन्सर प्रविधि युक्त लेजर सिस्टम हतियार रहेको छ । सो प्रविधि इजरायले अमेरिकालाई समेत उपलब्ध गराएको छैन । मोदीको इजरायल यात्रामा सो प्रविधि इजरायलबाट प्राप्त गर्न प्रायोजित रहेको छ । मोदीको इजरायल यात्राबाट भारत इजरायल विच खुला व्यापार सम्झौता समेत हुने समाचार सूत्रले अवगत गराएको छ । उच्च प्रविधिमा इजरायल संसारमा नै सबभन्दा अब्वल भएको कारणले गर्दा प्रविधिमा सहयोग र सहानुभुति प्राप्त गर्न यात्रा अभिप्रेरित रहेको छ । जानकारहरूका अनुसार पू‘जीवादको इतिहासमा हालसम्म नै ६०० विलियन डलरको लगानी ए.आई. सम्बन्धी कारोवार अमेरिकामा सुरु हुन गइरहेको छ । यी पू‘जी लगानी कर्ताहरूमध्ये अधिकांश यहुदी नै रहेको छ ।
ए.आई. प्रविधिमा २० प्रतिशत उच्च जनशक्ति भारतेली नै रहेका छन् । मोदीको यात्राले यहुदी पू‘जीलाई निवेष गर्न भारत इजरायल आई, टु र यु.टु –अमेरिका, यु.एई. इजरायल र भारत) मा समेत सहयात्री रहेको छ भने अमेरिकी नेतृत्वमा प्रस्तावित भएको आए.मेक (इण्डिया मिडिल एस्ट इकोनोमिक कोरीडोर) मा समेत सहयात्री रहेको छ । मध्य एसियामा एक नयॉ समिकरण बनाउन इजरायली प्रधानमन्त्रीले अधिकारिक उद्घोष गरेका छन् । उक्त समिकरणमा अफ्रिकाली देश, अरेबियन, ग्रीस, साइप्रस लगायत भारत समेत रहने नेतान्याहुको प्रस्ताव रहेको छ । भारतको अधिकारिक धारणा सार्वजनिक भएको छैन । सन् २०१७ को मोदीको यात्राले सन् २०२६ को यात्रा अर्थपूर्ण हुने जानकारहरूको बुझाई रहेको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar