|  

मध्य एसियाली तनावको बिच मोदीको इजरायल यात्रा 

विपिन देव- मध्य एसिया युद्धको सङघारमा देखिएको छ । अमेरिकी युद्धपोत जेरालड र अवहरामको मध्य एसियामा तैनाथीले गर्दा भू-राजनीतिक जटिलता र तरलता बढिरहेछ । मध्य एसिया दुई भागमा विभक्त देखिएको छ । मुस्लिम विश्वासका आधारमा सीया र सुनी तथा भू-राजनीतिक ध्रुवीकरणको आधारमा अमेरिकी नेतृत्व र अमेरिकी इतर पक्ष रसिया र चीन नै देखिन्छन् ।

 यी जटिलताका विच यही फेब्रुअरी २५ का दिन भारतका प्रधानमन्त्री मोदीको दुई दिने इजरायल यात्रा सुरु भएको छ । प्रधानमन्त्रीको रूपमा इजरायल यात्रा गर्ने मोदी पहिलो प्रधानमन्त्री हुन् । सन् २०१७ मा इजरायलको यात्रा गरेर भारत इजरायल सम्बन्धलाई नयॉ उचाई दिने काम मोदीले गरेका हुन् । इजरायल र भारत बिचको सम्बन्ध वडो रोचक देखिन्छ । भारतका प्रथम प्रधानमन्त्री इजरायलको पक्षमा उभिएका थिएनन् । 

सन् १९५० मा मुस्लिम राष्ट्रहरूमध्ये इरान र ट्रर्कीले इजरायललाई मान्यता दिए पछि मात्र भारतले सन् १९५३ मा इजरायलको कन्सुलेट अफिस खोल्न भारतमा अनुमति दिएको थियो । इजरायली मनोग्रन्थीमा हिन्दुहरूप्रति गहिरो सद्भाव रहेको पाइन्छ । सारा संसारबाट प्रताडित र अपमानीत भएका यहुदीहरूले हिन्दुहरूले सहारा दिएको पाइन्छ । इजरायली मनोग्रन्थीको प्रभाव कूटनीतिमा समेत परेको देखिन्छ । सन् १९६२ मा चीन र भारत विच युद्ध हु‘दा भारतले इजरायलसंग हतियारको सहयोग मागेका थिए । मुस्लिम तुष्टीकरणको कारणले नेहरुले इजरायलका प्रधानमन्त्री बङ्गुरीनसंग एक सर्तसमेत राखेका  थिए । सर्तअनुसार हतियारवाहक जहाजले इजरायलको राष्ट्रिय ध्वजा (झण्डा) बोक्नु हु‘दैन । इजरायलका तत्कालीन प्रधानमन्त्री बङ्गुरीनलाई यो प्रस्ताव स्वीकार भएन । त्यसैले इजरायलबाट भारतलाई हतियार प्राप्त भएन । 

७० को दशकमा इतिहासको चक्र फेरियो । इन्दिरा गान्धीको प्रधानमन्त्रीत्व कालमा बङ्गलादेशको मुद्दामा भारत र पाकिस्तान बिच युद्ध पैmलियो । भारतलाई १६० हेवी मोटर जस्ता युद्ध साम्रगीको अति आवश्यकता रहेको थियो । अमेरिकासमेत पाकिस्तानको पक्षमा रहेको कारणले गर्दा सो युद्ध सामग्री इजरायलवाहेक अरु देशसंग थिएन । इन्दिरा राजनीतिमा यर्थाथवादी र कूटनीतिमा चतुर खेलाडी थिइन् । इजरायली प्रधानमन्त्री गोल्डमायरलाई सो युद्ध साम्रगीको सहयोग गराइन् । अमेरिकी दवावका बाबजुत इजरायलले भारतलाई युद्ध साम्रगी उपलब्ध गरायो । फलस्वरूप भारत युद्धमा विजय भयो । 

९० को दशकमा कारगील युद्धताका अमेरिकाले “जि.पि.एस” प्रणाली भारतलाई उपलब्ध गराउन हिचकिचाउ‘दा इजरायले अति कठिन अवस्थामा आतंकवादीको ठेगाना पत्ता लगाउन भारतलाई प्रविधि उपलब्ध गराए । युद्ध जित्ने लगतै भारतका तत्कालीन परराष्ट्र मन्त्री जसवन्त सिंह इजरायल यात्रा गर्दै कृतज्ञता ज्ञापन गरेका थिए । इतिहासको आरोह र अवरोहमा भारत पालिस्ट्यानको नीतिमा अडिग नै रहेको छ । प्यालिस्टानको नेता आसर अरफातसंग इन्दिरा गान्धीको गहिरो सम्बन्ध रहेको थियो । इन्दिरा गान्धीलाई ठुली दिदीको रूपमा सम्वोधन गर्ने अराफतले भारतलाई आप्mनो दोस्रो घरको रूपमा ग्रहण गर्थे । 

सन् १९८०, सन् १९८२ र सन् १९८३ मा अराफत प्रत्येक वर्ष भारत आएका थिए । प्यालिस्टानलाई स्टेटहुडको रूपमा ८० को दशकमा नै भारतले घोषणा गरिसकेको थियो । भारतीय राजनीतिका च्याणक्य नरसिंहा रावले आसर अराफातको भारतप्रतिको भावनात्मक सम्बन्धलाई कूटनीतिक रूपमा पू‘जीकृत गरे । यो रावको कूटनीतिमा महारथको प्रर्दशन थियो । अराफातको उपस्थित र मञ्जुरीमा नै इजरायलमा भारतीय दुतावास खोल्न सन् १९९२ मा रावले निर्णय लियो ।  मुस्लिम तुष्टीकरणको सिद्धान्तलाई मध्यनजर राख्दै रावले इजरायलसंगको दौत्य सम्बन्धमा अधिक जोड दिएका थिए । 
वर्तमान परिवेशमा हिन्दुत्व भावभूमिबाट राजनीति अगाडि बढिरहेको बेला मोदी खुला दिलले इजरायलसंग धनिभूत रूपले सम्बन्ध अगाडि बढाइरहेको छ । 

सन् २०२३, ७ अक्टुबर मा निर्दोष इजरायलीमाथि भएको बर्वरता र आतङ्कवादी हमलालाई भत्र्सना गर्ने पहिलो नेताको रूपमा मोदी नै थिए भने भारतको पहलगाम आतङकवादी हमलामाथि कठोर कारबाही गर्न विगुल फुक्ने इजरायलका प्रधानमन्त्री नेतान्याहु नै थिए । सन् २०२६ को २५ फेबु्रअरीको मोदीको इजरायल यात्रालाई विश्व सञ्चार जगत्ले अधिक चर्चा गर्नुमा विभिन्न आयामहरू रहेका छन् । वर्तमान परिवेशमा मोदीलाई तनाव शिथिलीकरण गर्न अब्वल मानिएका छन् । मोदीको चासो इरानमा समेत रहेको छ । इरानमा भारतको लगानीमा चावाहार बन्दरगाह निर्माणधिन अवस्थामा रहेको छ । उक्त बन्दरगाहको माध्यमबाट भारत सेन्ट्रल एसिया र अफगानिस्तानको बजारमा प्रवेश गर्न सहजता हनेछ । साथसाथै यस्तो सङ्कटपूर्ण अवस्थामा मोदीको इजरायल यात्रा सामरिक नीतिबाट पनि प्रचालित रहेको छ । 

संसारमा इजरायलसंग मात्र “रेजिमेन्ट ८२ हजार” नामक सेन्सर प्रविधि युक्त लेजर सिस्टम हतियार रहेको छ । सो प्रविधि इजरायले अमेरिकालाई समेत उपलब्ध गराएको छैन । मोदीको इजरायल यात्रामा सो प्रविधि इजरायलबाट प्राप्त गर्न प्रायोजित रहेको छ । मोदीको इजरायल यात्राबाट भारत इजरायल विच खुला व्यापार सम्झौता समेत हुने समाचार सूत्रले अवगत गराएको छ । उच्च प्रविधिमा इजरायल संसारमा नै सबभन्दा अब्वल भएको कारणले गर्दा प्रविधिमा सहयोग र सहानुभुति प्राप्त गर्न यात्रा अभिप्रेरित रहेको छ । जानकारहरूका अनुसार पू‘जीवादको इतिहासमा हालसम्म नै ६०० विलियन डलरको लगानी ए.आई. सम्बन्धी कारोवार अमेरिकामा सुरु हुन गइरहेको छ । यी पू‘जी लगानी कर्ताहरूमध्ये अधिकांश यहुदी नै रहेको छ । 

ए.आई. प्रविधिमा २० प्रतिशत उच्च जनशक्ति भारतेली नै रहेका छन् । मोदीको यात्राले यहुदी पू‘जीलाई निवेष गर्न भारत इजरायल आई, टु र यु.टु –अमेरिका, यु.एई. इजरायल र भारत) मा समेत सहयात्री रहेको छ भने अमेरिकी नेतृत्वमा प्रस्तावित भएको आए.मेक (इण्डिया मिडिल एस्ट इकोनोमिक कोरीडोर) मा समेत सहयात्री रहेको छ । मध्य एसियामा एक नयॉ समिकरण बनाउन इजरायली प्रधानमन्त्रीले अधिकारिक उद्घोष गरेका छन् । उक्त समिकरणमा अफ्रिकाली देश, अरेबियन, ग्रीस, साइप्रस लगायत भारत समेत रहने नेतान्याहुको प्रस्ताव रहेको छ । भारतको अधिकारिक धारणा सार्वजनिक भएको छैन । सन् २०१७ को मोदीको यात्राले सन् २०२६ को यात्रा अर्थपूर्ण हुने जानकारहरूको बुझाई रहेको छ ।